“घरको दालभात हैन, पिजा बर्गर खान्छु भन्छे बुढि ।
यसपालि त चाँडै माइत जान्छु भन्छे बुढि ।
दुई,तिन तोला गहना चाहियो, घुर्कि लाउछे सधै,
भनेजस्तो नपुर्याइदिए पोइला जान्छु भन्छे बुढि ।”
पहिला पहिला बिहानै उठेर, घरदैलो गरेर, बुढाको बिस्तारामै चिया पुग्थ्यो तर आजभोलीका नारीहरुले ठ्याक्कै उल्टो गरेका छन् । बुढाले सबैकाम भ्याएर “डारलिं कफि तयार भयो अब उठ्ने कि”
यति नगरे फेरि पोइला जालान् भन्ने डर छ र पो त ।
आजभोली पुरुषहरु धेरै हेपिएका छन् । घरमा श्रीमतीले नै हेप्नी, ससुराली गयो छोरीको हालखबर सोध्छन् ज्वाइँ लाई एउटा खाटमा बस्न भन्छन् । अझ कलेज मै हेर्नृस् केटीहरुले स्कट लाउन पाउने रे हामिले भने त्यो स्कट भन्दा ठुलो हाफ कट्टु पनि लाउन नपाउने?????
पहिला पहिला आफ्नो श्रिमान्लाइै बोलाउन पनि सक्दैनथे बोलाउनु पर्यो भने ए हजुर.... ए रामेको बा..... ए श्यामेको बा......। तर आज भोली हेर्नुस् त बुढालाई ड्याडी रे ......
अरे यार आफ्नो बुढोलाई ड्याडी भनेर घरको बा लाई चाँहि के भन्ने अंकल ????????
यति मात्र हैन, पुरुषले बिवाह गरेर लगेको महिलाको थर पनि त पुरुषकै हुनुपर्ने होनि आफ्नै माइत को थर राख्छन् ।
बरिष्ठ नेता डा. बाबुराम भट्टराई पनि पिडित हुनुहुन्छ । डा. बाबुराम भट्टराईको श्रिमतीको नाम हिसिला यामी रे ...अरे यार बिवाह भईसकेको हो भने त हिसिला भट्टराई हुनुपर्यो नि । खै पुरुष अधिकार ।।। ।।।
जता गए पनि पुरुषहरुनै हेपिएका छन् आजभोली । बाहिर निस्किनुस गाडिमा चड्यो भने पनि अपांग २ सिट महिला ३ सिट रे खै पुरुषको लागि सिट ????? अरे यार के हामि पुरुष चाँहि छत मा गएर बस्नु त????????
नारिहरुले भन्दै छन् रे अब हामि नारीहरु पुरुष बन्नु पर्छ, पुरुषहरुलाई नारी बनाउनु पर्छ ।
त्यसोभए,,,,,,,,,,,,,
अब प्रत्यक बर्ष तिज गित गाउँन तयार छौं ।
तिमीहरु ढाका टोपि लाउछौ भने हामि सारि लाउन तयार छौं ।।
कतियुग हो साथि जसलाई जे बनाउन नि मिल्छ यहाँ,
तिमीहरुको दाह्री जुंगा आउछ भने हामिहरु पनि बच्चा पाउन तयार छौं ।।
आज तिज बिशेष कार्यक्रम हो , यहाँ धेरै पुरुषहरुको बारेमा पनि बोल्दिन,,,,,
आज भोलिका तिज गितको कुरा गर्न चाहान्छु ।
पहिला पहिलाका गित कस्ता हुन्थे............
“पैसा दिनुस है हजुर चाजो मिलाउछु,
यसपालिको तिजमा नयाँ चोलो सिलाउँछु ।।”
ल हेर्नुस् श्रिमान् लाई पनि हजुर भन्ने शब्द बाट कपडामा पनि चोलो सिलाउने कुरा हुन्थे तर आज भोलीका गित यस्ता हुन्छन् ,,,,,,,,,,,
“ एउटा दुइटा कपडा त भने जस्तो पाइयो,
स्कुटरमा चड्दा लाउने सानो कट्टु चाहियो ।।”
“त्यस्ता लुगा कसले लाउछ हजुरमा ले लाउने,
अैले आको फेसन देखाउ घुँडा माथि आउने ।”
HAPPY TEEJ FOR ALL....
गोपि कृण्ण चापागाई
No comments:
Post a Comment