Friday, March 27, 2015

Gopi krishna chapagain with Meri bassai and Bhadragol Team

बाग्मती सरसफाई निरन्तर भईरहेको छ । पहिला भन्दा केहि राम्रो बन्दै गएको पनि छ । बाग्मती सरसफाई अभियानको १०० औं भागमा म पनि उपस्थित हुन पाएँ । सरकारले सरसफाई दूत घोषणा गरे सँग हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकार दाजु सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) निरन्तर बाग्मती सरसफाई अभियानमा जुटिरहनु भएको छ साथै बिभिन्न जिल्लामा सरसफाई अभियानका कार्यक्रम लिएर हिडिरहनु भएको छ । यसैबिच बाग्मतीको सरसफाई अभियानको १०० औं हप्ताको अभियानमा मेरी बास्सै र भद्रगोल टिम उपस्थित थिए । त्यसै अभियानमा सिताराम दाईले मलाई पनि निम्तो दिनु भो । यसरी नै सबैजना एकजुट भएर बाग्मती सरसफाईमा लागियो भने बाग्मती, सफा बाग्मती बन्ने थियो ।
With Meribassai Team and Bhadragol Team

Gopi krishna chapagain and Sitaram kattel 'dhurmus'

Gopi krishna chapagain with Sita ram Kateel 'Dhurmus'


Thursday, March 26, 2015

View of Kathmandu Valley

आजको समय सम्म आउँदा धेरै संघर्ष गरीयो । केहि नजान्ने हुँदाका दिन बाट आजका दिन सम्म धेरै कुरा बुझे जस्तो लाग्छ तर पनि जीवनमा अझै धेरै भन्दा धेरै सिक्नु छ जस्तो पनि लाग्छ । आखिर जीन्दगी भनेको एउटा सिकाई नै रहेछ जुन हरेक पल पलमा केहि न केहि सिकिरहेको हुँदोरहेछौं । मानिस कहिल्यै पनि पुर्ण हुँदो रहेनछ  । काठमाडौं आगमन पश्चात धेरै कुरा सिकायो यहि काठमाडौंले । कतिले आफ्नो स्वार्थका लागि मलाई सिकाउनु भयो होला कतिले मेरो राम्रो होस भनेर सिकाउनु भयो होला । जे होस जुन रुपले मलाई केहि नयाँ कुरा सिकाउने बुझाउने कोसिस गर्नु भो त्यो मेरो लागि राम्रै कुरा थियो र हो पनि ।
Gopi krishna Chapagain
Gopi krishna chapagain

Gopi krishna chapagain


With Nepali Tara 3 Winner Pratap Lama in Radio Audio

                        'नेपाली तारा ३' का बिजेता प्रताप लामासँग अन्तवार्ताको क्रममा रेडियो अडियोमा ।