Saturday, November 1, 2014
Thursday, September 25, 2014
Wednesday, September 10, 2014
सबैलाई ३ छक्क पार्न आउँदै नयाँ कलाकारहरु
भदौ, काठमाडौं ।
सबैलाई तिन छक्कै पार्न हाँस्य कलाकारहरु निकै दमदार तरिकाले लागिरहेका छन् । पछिल्लो समयमा हाँस्य टेलिस्रियलले नेपाली दर्शकहरुको मन जित्न सफल भए सँगै अर्को हाँस्य टेलिस्रियल ‘३ छक्कै परे’ आउने भएको छ ।
थुप्रै पुराना तथा नयाँ हाँस्य कलाकारहरुको जमघट भएको उक्त स्रियलद्धारा समाजमा भएका यर्थाथ घटना तथा बिकृतीहरुलाई जनतामाझ देखाउन खोजिएको छ । परेली फिल्मस प्रा.ली. द्धारा निर्माण भएको उक्त टेलिसिंखृलामा चर्चित हाँस्य कलाकारहरु राजाराम पौडेल, पदम प्र. पौडेल, भगत साह, बाबुराम सुबेदी, गोपिकृण्ण चापागाई, भटभटे माइला, निरआले मगर, मिनराज पन्थि लगायतका थुप्रै कलाकारहरुको जमघट देख्न सकिन्छ । टेलिशृखलाको सुटिङ भइरहेको निर्माण पक्षले बताएको छ ।
अनवरत रुपमा समाजसेवामा लाग्नुभएका समाजसेवी एवं व्यवसायी अमर थापा द्धारा निर्माण उक्त टेलिशृखलामा मिलन कार्कीले निर्देशन गर्नुभएको छ भने कथा लेखन कार्य बाबुराम सुबेदी (तिरे) ले गर्नुभएको छ । नेपाल टेलिभिजनद्धारा प्रशारण हुने बिभिन्न हाँस्य टेलिशृखलामा अभिनय गर्दै आउनु भएका हाँस्य कलाकार राजाराम पौडेल बिशेष भुमिकामा आउँदै हुनुहुन्छ त्यसतै अर्का चर्चित कलाकार भगत साहपनि बिशेष भुमिकामा आउदैहुनुहुन्छ ।
म्याग्दी घर हुनुभएका निर्माता अमर थापाले यो क्षेत्रमा निकै रुचिभएको र हात हालेको कुरा बताउनुभयो । उहाँले टेलिस्रियल निर्माताको भूमिका सँग सँगै अभिनयको भुमिका समेत निभाउँदै हुनुहुन्छ । टेलिस्रियलमा मनोरञ्जनात्मक सामाजिक व्यङ्य, समाजका यथार्थ घटना, चेलिबेटी बेचबिखन लगायतका कुराहरुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।
Friday, May 30, 2014
समस्या जहिँ को तहिँ
चोक चोकमा भिड देखिन्छ । सधै मान्छेको भिड देखेको सवारीहरु लामबद्ध तरिकाले भिड लागेको देख्दा केहि अचम्म लाग्यो अनि नजिक नजिक गएँ तर त्यो भिड त्यहि पेट्रोल पाइन्छ कि भनेर रहेछ ।
अलि पर गयो चार खुट्टेको लाइन छ यता हेर्यो दुई खुट्टेको लाइन छ । आखिर यस्तो कत्तिन्जेल सम्म हुन्छ हाम्रो नेपालमा । आज मुल्यमा दुई रुपैया बढ्छ भोलि सहज होला भन्यो फेरी तिन रुपैया बढाइन्छ । तर समस्या जहिँ को तहिँ ।

शान्तिबाटिका को एक झलक
गोपिकृण्ण चापागाई/ बैशाख जेठ महिनाको समय बाहिर निकै गर्मि थियो मानिसको त्यसै भिड छ बाटो भरी । सबै मानिस व्यस्त देखिन्छन् आफ्नो आफ्नो काममा । राजधानीको मुटु मानिने रत्नपार्कको अगाडि रहेको शान्तिबाटिका मा पुगे म पनि त्यहि थकाईलाई पलाएन गराउने कोसिमा । मान्छेहरु आ आफ्नो धुनमा थिए ।
एक व्यक्ति एउटा प्लाष्टिकमा थोरै चारो लिएर आएका रहेछन् , झुम्म परेवा बनाएर त्यहि संसारमा रमाउँदै थिए । झोलामा भएको सानो क्यामेरालाई निकाल्न मनलाग्यो अनि एक क्लिक गर्न मनलाग्यो त्यहि तस्बिरलाई ।
एक व्यक्ति एउटा प्लाष्टिकमा थोरै चारो लिएर आएका रहेछन् , झुम्म परेवा बनाएर त्यहि संसारमा रमाउँदै थिए । झोलामा भएको सानो क्यामेरालाई निकाल्न मनलाग्यो अनि एक क्लिक गर्न मनलाग्यो त्यहि तस्बिरलाई ।
Sunday, May 11, 2014
उपत्यकामा शिरीषको सौन्दर्यता (फोटो फिचर)
बसन्त ऋतुको आगमनसँगै चारै तिर हरियाली नै हरियाली भएको छ वातावरण । पार्क पार्कमा मानिसहरु त्यो सौन्दर्य हरियाली सँग रमाइरहेका छन् । बसन्त ऋतुको सुरुवात संगै सबै बोटबिरुवामा नमुना पलाएका छन् । ति नमुना सँगै चिरबिर चिरबिर गर्दै छन् पंक्षीहरु ।
काठमाण्डौं उपत्यकामा यतिखेर शिरीषको फूल जताततै ढकमक्क फूलेको देख्न पाइन्छ । चोकचोकमा ति ठुलाठुला बोटहरुमा बोटनै भरिने गरी फूलेका छन् शिरीषका फुल ।
शिरीषको फूल छाटो समय रुखमा फुल्ने भएपनि यसले छुट्टै सुन्दरता प्रदान गर्छ साथै सुगन्ध छर्न कुनै कसर बाँकी राख्दैन ।
सनिबारको दिन केहि फुर्सदमै थिएँ । त्यसैले काठमाण्डौ उपत्यकामो केहि मुख्य ठाउँहरुमा फुलेका शिरीषको फूलहरु मेरो सानो क्यामेरामा कैद गरे र सबैलाई मेरो यस ब्लग मार्फत देखाउन चाहेँ ।

Friday, February 21, 2014
कसरी राख्ने त प्रेम प्रस्ताव ?
मेषः– गरम प्रकृतिका भ्रमणशील परिश्रम छिटै प्रशन्न हुने मेष राशिका मानिसहरूको सिंह राशिसँगको प्रेम सम्बन्ध दिगो हुन्छ त्यसको अलवा मिथुन, मकर र कुम्भ राशिसँगको सम्बन्ध पनि राम्रै मानिन्छ। तपाइँले यो भ्यालेनटाइन डे मा सूर्योदयको समयमा रातो वस्त्र पहिरन गरेर पूर्व दिशा फर्किएर प्रपोज राख्नु उत्तम हुन्छ। सूर्यको किरण प्रत्यक्ष पर्ने भएकोले तपाइँको आवाजले भन्दा अदृश्य रूपमा इमेल, facebook वा sms बाट प्रस्ताव राख्दा लाभदायक रहन्छ। डेटिङको जोहो भएमा खुला चौरमा, माटोका मुर्तिहरूका साथ भेट्दा वा उपहार दिँदा आत्मीयता बढ्ने छ भने चुम्बनको अवसर मिले निधारमा किस गर्दा बढी आफ्नो पनको महसुस हुनेछ।
वृषः– रूपवान, दुःख सहने, प्रभुत्व जमाउन सक्ने, शिघ्र पाचनशक्ति भएका वृष राशिका मानिसहरूको कन्या राशिसँग प्रेम सम्बन्ध उत्तम देखिन्छ त्यसको अलवा मिथुन, विश्चिक र मिन सँगको सम्बन्ध पनि दिगो नै रहन्छ। तपाइँले यो भ्यालेन्सटाइन डे मा बिहानीको समय, सेतो वस्त्र पहिरनका साथ दक्षिण फर्किएर सञ्चार माध्यम जस्तै फोन वाट प्रपोज राख्दा उपयुक्त रहनेछ। चन्द्रमा शत्रुको प्रभाव बढी भएकाले कम बोल्दा राम्रो हुनेछ। डेटिङको जोहो भएमा हरियाली बगैँचामा, पंक्षीहरूको मूर्तिहरूका साथ भेट्दा वा उपहार दिँदा आत्मीयता बढ्ने देखिन्छ। त्यस्तै चुम्बनको अवसर मिले घाँटीमुनि किस गर्दा बढी आÇनोपनको महसुस हुनेछ।
मिथुनः– नरम केश भएका तीक्ष्ण बुद्धि, अरुको मनको वात जान्ने, सुन्दर शरीर भएका मिथुन राशिका मानिसहरूको तुला राशिसँग सम्बन्ध उत्तम देखिन्छ त्यसको अलवा वृष, धनु र कुम्भ राशिसँगको सम्बन्ध पनि दिगो नै रहने देखिन्छ। तपाइँले यो भ्यालेन्सटाइन डे मा प्रात ९:३० बजेदेखि १२: ३० बजेसम्म मा वा सूर्यास्तको समय, हरियो नीलो वस्त्र पहिरनका साथ पश्चिम दिशा फर्किएर प्रपोज गर्दा उपयुक्त हुनेछ। डेटिङको जोहो भएमा सामाजिक क्षेत्र फराकिला चौर, सिनेमाहल वा बत्ति बल्ने सामग्रीका साथ भेट्दा वा उपहार दिँदा आत्मीयता बढ्ने देखिन्छ। त्यस्तै चुम्बनको अवसर मिले दायाँ हातका औंलामा किस गर्दा विल्कुलै आफ्नो पन वा आफ्नो प्रेमी प्रचुर महसुस हुनेछ।
कर्कटः– कुटिल गति तथा शीघ्र चल्ने साथीका प्रिय पात्र जलाशय र वगानमा रत भएका कर्कट राशिका मानिसहरूको वृश्चिक राशिसँग प्रेम सम्बन्ध उत्तम रहने देखिन्छ। त्यसको अलवा मेष, सिंह र मीन राशिसँग सम्बन्ध पनि दिगो नै रहन्छ। तपाइँले यो भ्यालेन्सटाइन डेमा प्रातकालीन समयसम्म, सेतो निलो र·को वस्त्र पहिरनका साथ उत्तर दिशा फर्किएर साहित्यक भषामा –दुइ अर्थ लाग्ने शब्द) प्रयोग गरेर प्रस्ताव राख्दा उपयुक्त रहने छ। शनिको प्रभाव सीधा पर्ने भएकाले कम बोल्नु राम्रो रहनेछ, यस्तै डेटिङको जोहो भएमा नदी,पोखरी वा तलाउको छेउछाउमा अनौठा प्रकारका मूर्तिहरूका सा भेट्दा वा उपहार दिँदा आत्मीयता बढ्ने छ भने चुम्बनको अवसर मिले घाँटीमुनि किस नै गर्दा आफ्नोपनको महसुस रहने छ।
सिंह :– तेजस्वी क्षुधा, तृष्ण उदार त्यागी दानी अभिमानी भएका सिंह राशिका मानिसहरूको मेष राशिसँग उत्तम सम्बन्ध रहन्छ भने मिथुन, कन्या र धनु राशिसँग पनि सम्बन्ध दिगो नै रहने देखिन्छ। तपाइँले यो भ्यालेन्सटाइन डेमा ११ बजेदेखि ३ बजेभित्र सम्ममा रातो खैरो र·को पहिरनका साथ पूर्वदिशा फर्किएर राख्नु उत्तम रहन्छ। तपाइँलाई शुभ शत्रुको प्रभाव प्रभावकारी रूपमा पर्ने भएकोले भेटेर नै प्रस्ताव राख्न पारदर्शी रहनेछ। त्यस्तै डेटिङको जोहो भएमा विशेष प्रकारका होटेल,रेष्टुरेन्टमा अति नै गुलिया प्रकारका चक्लेट, केकका साथ भेट्दा वा उपहार दिँदा आत्मीयता बढ्ने छ भने चुम्बनको अवसर मिले ओठमा नै किस गर्दा बढी आफ्नो पनको महसुस रहने छ।
कन्याः– लज्जालु, कोमल देह, कलामा निपूर्ण, बुद्धिमानी, प्रियवक्ता भएका कन्या राशि हुने मानिसहरूको वृष राशिसँग उत्तम सम्बन्ध रहन्छ भने मिथुन, सिंह र तुला राशिसँग पनि सम्बन्ध दिगो नै रहने देखिन्छ। तपाइँले यो भ्यालेन्सटाइन डेमा प्रात २:३० बजेदेखि ५:३० बजेभित्रसम्म, हरियो वा सेतो वस्त्र पहिरनका साथ दक्षिण दिशा फ्रकिएर प्रस्ताव राख्दा प्रभावकारी रहनेछ। वुध ग्रहको तपाइँलाई बढी प्रभाव पर्ने भएकोले अलि सालिन तरिकाले बोल्नु वा प्रत्यक्ष प्रस्ताव राख्नु उत्तम मानिन्छ। डेटिङको जोहो भएमा अलि रमाइलो पार्क वा खेल मैदानमा, काठहरूद्वारा र्निमित सामग्रीसँग भेट्दा वा उपहार दिँदा आत्मीयता बढ्ने छ भने चुम्बनको अवसर मिले गालामा नै किस गर्दा बढी आफ्नो पनको महसुस हुनेछ।
तुलाः– क्रयविक्रय व्यापारदिमा चलाख, दुई नाम भएका, कुटुम्बको उपकार गर्ने भ्रमणशील तुला राशिका मानिसहरूको कुम्भ राशिसँग प्रेम सम्बन्ध उत्तम रहने छ। त्यसको अलावा मेष, धनु र मकर राशिसँग पनि सम्बन्ध दिगो नै रहने देखिन्छ। तपाइँले यो भ्यालेन्सटाइन डेमा साँझपख सुन्ताला वा कलेजी र·को पहिरनका साथ पश्चिम फर्किएर प्रस्ताव राख्दा उत्तम रहनेछ। तपाइँको मंगल को प्रभाव बढी रहने भएकाले भेटेर भन्दा इमेल, sms द्वारा प्रस्ताव सप्रेशण गर्दा उपयुक्त रहनेछ। त्यस्तै डेटिङको जोहो भएमा उद्योगहरूको आसपास वा वगैचामा अर्धतरल पदार्थबाट बनेका सामग्री हरूको साथ भेट्दा वा उपहार दिँदा बढी आत्मीयता बढ्नेछ भने तपाइँलाई चुम्बन भन्दा अंगालो मार्नु अति वेश मानिन्छ।
वृश्चिकः– विशाल छाती भएका कुटिल स्वभावका, वाल्यावस्थामा रोगी, कैलो वर्गका वृश्चिक राशिका मानिसहरूले कर्कट राशिसँग प्रेम सम्बन्ध राख्दा उत्तम रहने छ। त्यसको अलवा मेष, धनु र मकर राशिसँग पनि सम्बन्ध दिगो नै रहने देखिन्छ। तपाइँले यो भ्यालेन्सटाइन डेमा दिवा १ बजेदेखि ४ बजेभित्र,गुलावी वा सेतो पहिरनका साथ उत्तम रहने छ तपाइँको मंगल राहु बढी प्रभावशाली हुने भएकोले कुट्नितिक तवरसँग भेटेर प्रश्ताव राख्दा उपयुत्त रहने छ। त्यस्तै डेटिङको जोहो भएमा फिलिम हल, कन्र्सट वा रेष्टुरेन्टमा मनोरञ्जनात्मक सामग्रीका साथ भेट्दा वा उपहार दिँदा बढी आत्मीयता बढ्ने छ। भने चुम्बनको अवसर मिलेदेखि आँखाका परेलीमुनि नै किस गर्दा बढी आफ्नो पनको महसुस रहने छ।
धनुः– दाता कवि बलवान, उद्यमी शिलाज्ञ, धर्मज्ञ प्रेमीका वंशमा रहने धनु राशिका मानिसहरूले मेष राशिसँग प्रेम सम्बन्ध राख्दा उत्तम रहने छ। त्यसको अलावा मिथुन, सिंह र कुम्भ राशिसँगको सम्बन्ध पनि दिगो नै रहने देखिन्छ। तपाइँले यो भ्यालेन्सटाइन डेमा सूर्यास्तको समय, पहेंलो वा सेतो वस्त्र पहिरनका साथ पूर्व दिशा फर्केर प्रेम प्रस्ताव राख्दा उत्तम रहनेछ। वृहस्पति तपाइँका निम्ति उत्तम रहने भएकाले शिर झुकाएर सञ्चारमाध्यमबाट प्रस्ताव राख्नु उपयुक्त रहनेछ। त्यस्तै डेटिङको जोहो भएमा फुलैफूलले भरिएको बगैचामा पहेला वा राता फूलहरूका साथ भेट्दा वा उपहार दिँदा बढी आत्मिएताको महसुस रहनेछ भने चुम्बनको अवसर मिले निधारमा नै किस गर्दा तपाइँका लागि उत्तम रहने छ।

मकरः– प्रतिज्ञा पूरा गर्ने भाग्यवान, भ्रमणशील, कवि धर्मध्वजी, अल्छीपना भएका मकर राशिका मानिसहरूको मेष राशिसँगको पे्रम सम्बन्ध उत्तम रहने छ। त्यसको अलवा वृष, कन्या र मिन राशि सँगको सम्बन्ध पनि दिगो नै रहने देखिन्छ। तपाइँले यो भ्यालेन्सटाइन डेमा रातिको समयम, कालो नीलो वस्त्र पहिरनका साथ दक्षिण दिशा फर्किएर पे्रम प्रस्ताव राख्दा उत्तम मानिन्छ। तपाइँलाई शनि मंगलको बढी प्रभाव रहने भएकाले इलोक्टोनिस सामग्रीबाट प्रस्ताव राख्दा उपयुत्त रहने छ। डेटिङको जोहो भएमा ठूलाठूला सपिङ सेन्टरभित्र चमत्कारी वस्तुहरूका साथ भेट्दा वा उपहार दिँदा बढी आत्मीयता बढ्ने छ चुम्बनको अवसर मिले गालाको अन्तिम भागमा नै किस गर्दा अति नै वेश मानिएको छ।
कुम्भः– लामो गर्दन भएका, धनमा सुखी, ह्रास र वृद्धि बराबर, भ्रमणशील, मित्र जनसँग प्रेम राख्ने कुम्भ राशि भएका मानिसहरूको तुला राशिसँगको पे्रम सम्बन्ध उत्तम मानिन्छ त्यसको अलवा वृष, कन्य र मीन राशिसँगको सम्बन्ध पनि दिगो नै रहने देखिन्छ। तपाइँले यो भ्यालेन्सटाइन डेमा राति सुत्ने समय, नीलो र·को वस्त्र पहिरनका साथ पश्चिम दिशा फर्किएर पे्रम प्रश्ताव राख्दा उत्तम रहने छ।
तपाइँको शनि वा वृहस्पति वढी प्रभावकारी र भएकाले सञ्चारमाध्यमबाट प्रस्ताव राख्दा उपयुक्त मानिन्छ। त्यस्तै डेटिङको जोहो भएमा घर आसपास खुला चौर वा बगैचामा फरक आइटमका सामग्रीका साथ भेट्दा वा उपहार दिँदा बढी आत्मीयता बढ्नेछ भने चुम्बनको अवसर मिले दायाँ गालामा नै गर्नु बढी आफ्नो पनको महसुस हुने छ।

मिनः – कान्तिवान, सुन्दर नेत्र, स्त्री वशमा रुचाउने, शत्रुको पराजयमा तल्लीन अनेक धनभोगी मिन राशिका मानिसहरूको कर्कट राशिसँगको प्रेम सम्बन्ध उत्तम मानिन्छ, त्यसको अलवा वृष वृश्चिक र मकर राशिसँगको सम्बन्ध पनि दिगो नै रहने देखिन्छ। तपाइँले यो भ्यालेन्सटाइन डेमा दिउँसोको समयमा पहेंलो वस्त्र पहिरनका साथ उत्तर दिशा फर्किएर प्रेम प्रस्ताव राख्दा उत्तम रहने छ। वृहस्पति राहु बढी प्रभावकारी रहने हुनाले तपाइँले नम्र स्वरमा भेटेर प्रस्ताव राख्नु उपयुक्त रहने छ। त्यस्तै डेटिङको जोहो भएमा धार्मिक स्थल मठमन्दिर मा देवीदेवताका मूर्तिहरूका साथ भेट्दा वा उपहार दिँदा बढी आÇनो पनको महसुस हुनेछ भने तपाइँका निम्ती चुम्बन गर्नु उपयुक्त रहँदैन बरु अंगालो मार्नु वेश मानिन्छ।
युवा ज्यो.रामजी प्रसाद आचार्य
Thursday, February 20, 2014
फेसबुक चलाउदा मृत्यु दण्ड
फेसबुक चलाएको भन्दै सिरियाली युवतीलाई ढुङ्गाले हिर्काएर मृत्यु दण्ड दिइएको छ । फ्याटुम अल जसिम नाम गरेकी ती युवतीलाई ढुङ्गाले हानेर मार्न त्यहाँस्थित एउटा धार्मिक अदालतले आदेश जाहेर गरेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए
अनुसार अल–रेक्का नामक अदालतले फेसबुक चलाउनुलाई आफ्नो श्रीमान् वा
श्रीमतीसँग नभएर परस्त्री वा परपुरुषसँग सम्बन्ध राख्न चाहेको रुपमा हेरिने
गरिएको छ । सञ्चार माध्यमहरुका अनुसार ढुङ्गा हान्नेहरुमा इस्लामिक स्टेट
अफ इराक एण्ड सिरियाका सुन्नी समूदायका थिए ।
अदालतले ती युवतीले फेसबुक अकाउन्ट खोलेर अनैतिक व्यवहार गरेको फैसला गरेको थियो ।
Saturday, February 1, 2014
नवलपुर जेसिज बर्ष २०१४ को कार्यसमितिलाई आज पदस्थापन
नवलपरासी, १८ माघ ।
नवलपुर जेसिज बर्ष २०१४ को कार्यसमितिलाई पदस्थापन गरिएको छ । केही हप्ता अगाडि भएको अधिवेशनबाट निर्वाचित नयां कार्यसमितिलाई आज पदस्थापन गरिएको हो ।
नवलपुर जेसिज २०१३ को अध्यक्ष ओमप्रकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम समाजसेवी विष्णु पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस नवलपरासीका सचिव विष्णु लामिछाने, नेकपा एमाले नवलपरासीका अध्यक्ष तिलक महत, एकीकृत नेकपा माओवादीका मोति रिजाल, राप्रपा नेपालका सीता बस्याल, संघीय सद्भावना पार्टी नवलपरासीका सचिव मीनबहादुर लामा लगायतले बोल्नुभएको थियो । २०१३ का अध्यक्ष ओमप्रकाश पौडेलले २०१४ का अध्यक्ष हरि खनालको अध्यक्षतामा निर्वाचित समितिलाई पदहस्तान्तरण गर्नुभएको थियो । पदहस्तान्तरण पछि अध्यक्ष खनालले महासचिवमा सागर पोख्रेल, कोषाध्यक्षमा बालकृष्ण घिमिरे, कानुनी सल्लाहाकारमा भरत गिरी लगायतलाई मनोनित समेत गर्नुभएको थियो । २०१३ का महासचिव राधा उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु
१८ माघ, नवलपरासी ।
नवलपरासीको मुकुन्दपुरमा हिजो साझं भएको सवारी दुर्घाटनामा एक जनाको मृत्यु भएको छ । इलका प्रहरी कार्यलय गौडाकोटले दिएको जानकारी अनुसार पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना २० प १२ ८० नम्बरको मोटारसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रि मुकुन्दपुर ५ का ६५ बर्षिय हेमलाल निहुरेको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार ठक्कर दिने मोटरसाईकल र चालक प्रहरी नियन्त्रणमा रहेका छन्

शितलहरले नवलपरासीको जनजीवन प्रभावित
गोपिकृण्ण चापागाई /१८ माघ, परासी ।
लामो सयम देखी शुरु भएको शितलहरले नवलपरासीको जनजिवन प्रभावित वनेको छ । दिनहुं जसो हुने शितलहर र पश्चिमबाट चल्ने चिसो हावाले जाडो बढदै जादा नवलपरासीको जनजिवन कष्टकर बन्दै गएको छ । नवलपरासीको पूर्व भेगको तुलनामा पश्चिम क्षेत्रमा जाडो अधिक भएको छ । नवलपरासीको दाउन्नेदेखि पश्चिम क्षेत्रमा विगत एक सातादेखि घाम समेत लागेको छैन । शितलहरका कारण स्वास्थ्य संस्थाहरुमा चिसोका बिरामी बढ्दै गएको जिल्ला अस्पताल नवलपरासीले जनाएकोछ । भने पशु चौपाय र बालिनालीमा पनि नराम्ररी नोक्सानी पुर्याएकोछ । शितलहरका कारण बृद्धबृदा र बालबालिकाहरु बढि प्रभावित भएका छन् । जाडोका कारण नवलपरासीमा यस बर्षमात्रै ३ जनाको ज्यान गएको छ । जाडोले स्वास्थ्य संस्थाहरुमा बालबालिका र बृद्ध बिरामीहरुको संख्या ह्वात्तै बढेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका डा. जगन्नाथ तिवारीले बताउनुभयो । शितलहरले पशुपालनसंगै आलु तोरी लगायतका बालीमा असर पारेको जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जनाएकोछ ।

Subscribe to:
Posts (Atom)