Saturday, February 1, 2014

शितलहरले नवलपरासीको जनजीवन प्रभावित

गोपिकृण्ण चापागाई /१८ माघ, परासी
लामो सयम देखी शुरु भएको शितलहरले नवलपरासीको जनजिवन प्रभावित वनेको छ ।  दिनहुं जसो हुने शितलहर र पश्चिमबाट चल्ने चिसो हावाले जाडो बढदै जादा नवलपरासीको जनजिवन कष्टकर बन्दै गएको छ ।  नवलपरासीको पूर्व भेगको तुलनामा पश्चिम क्षेत्रमा जाडो अधिक भएको छ ।  नवलपरासीको दाउन्नेदेखि पश्चिम क्षेत्रमा विगत एक सातादेखि घाम समेत लागेको छैन ।  शितलहरका कारण स्वास्थ्य संस्थाहरुमा चिसोका बिरामी बढ्दै गएको जिल्ला अस्पताल नवलपरासीले जनाएकोछ । भने पशु चौपाय र बालिनालीमा पनि नराम्ररी नोक्सानी पुर्याएकोछ ।  शितलहरका कारण बृद्धबृदा र बालबालिकाहरु बढि प्रभावित भएका छन् । जाडोका कारण नवलपरासीमा यस बर्षमात्रै ३ जनाको ज्यान गएको छ ।  जाडोले स्वास्थ्य संस्थाहरुमा बालबालिका र बृद्ध बिरामीहरुको संख्या ह्वात्तै बढेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका डा. जगन्नाथ तिवारीले बताउनुभयो । शितलहरले पशुपालनसंगै आलु तोरी लगायतका बालीमा असर पारेको जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जनाएकोछ ।

No comments:

Post a Comment