Tuesday, June 25, 2013

मुक्तक


न रङग छ न ढंग छ मैहुं भन्नेको,
माया प्रेम  बेची बेची पैसा गन्नेको

आफ्नै जीवन नी बेच्छन् यहाँ पैसा पाएपछि,
रात रातै दुईतिन रुप बन्नेको

www.facebook.com/gggggp

Tuesday, June 18, 2013

के तपाई सित्तैमा देश बिदेश म्यासेज गर्न चाहानु हुन्छ??????


                                                   यदि चाहानु हन्छ भने ........

 तपाई आफ्नो मोबाईलमा ईन्टरनेट चलाउदा पनि मोबाईलकै ब्यालेन्स बाट नै म्यासेज पठाउनु हुन्छ भने तपाईले इन्टरनेट को भरपुर उपयोग गर्नुभएको छैन

चिन्ता नलिनुहोस् हामि सिकाउने छौ तपाईलाई ।।।

तपाइै आफ्नो मोबाईलको इन्टरनेट ब्राउजर(operamini or any browser) मा गएर www.binu.com  open  गरेर त्यस लाई download गर्नुहोस् । download भईसके पछि त्यसलाई open गर्नुहोस् र  त्यहा तपाई messenger  देख्नुहुनेछ र sign in  पनि देख्नुहुनेछ । तपाईले सुरुमा तपाईको मोबाईल नम्बर बाट एउटा आ.ई. डि. गराउनु पर्दछ त्यसैले create id  मा क्लिक गर्नुहोस् ।
  र मोवाईल नम्बर मागेको ठाउँमा तपाईको नम्बर राख्नुहोस् अनि नाम पनि राख्नुहोस् र तपाईको मोबाईमा एउटा पिन कोड आउनेछ त्यसलाई त्यहि बिनु मा पिन मागेको हुन्छ त्यसमा राख्नुहोस् जुन तपाईको मोबाईलमा कोड आएको छ ।
अब तपाईको ID बन्ने छ र पछि पनि तपाई ले साईन इन गर्दा तपाईको मोबाईल नम्बर र पिनकोड हान्नु पर्नेछ ।
साईन ईन मा मोबाईल नम्बर मा तपाईको मोबाईल नम्बर र पिन मा पिनकोड राख्नुहोस् ।
र एस.एम.एस (sms) मा क्लिक गर्नुहोस् ।
अनि तपाईले कुन देश मा म्यासेज गर्ने हो सोहि देशको कोड नं( country code number)  सहित मोबाईल नम्बर राखेर म्यासेज लेखेर सेन्ड गर्न सक्नुहुनेछ ।  


in your mobile


  

www.nepaligopikrishna.blogspot.com 

Monday, June 17, 2013

Our think

कष्टकर जीवन बाच्नुपरेको छ यहाँ ।
कालकै निम्ति भएपनि साँच्नुपरेको छ यहाँ ।।

पेट भर्न हार गुहार चलिरहेको छ ,,
पाँच रुपैयाको निम्ति शिर भाँच्नुपरेको छ यहाँ ।।


       
touch heart 

Sunday, June 16, 2013

केहि गाउ खाने कथा

१. पाच भाई को एउटै गुफा, गुफा भित्र एउटै कोठा के होला ?
२. के होला यस्तो आमा माथि छोरी नाच्ने ?
३. मलाइ काटे दुख्छ, तलाइ काटे दुख्दैन के हो ?
४. जती हिड्छ उति धोती सुकाउछ के हो ?
५. झुत्री बुढी चुला चुला नाच्छ के होला यसको उत्तर ?

उत्तरहरु:१. जुत्ता २. लोहोरो सिलौटो ३. औला र नंङ् ४. चिप्लेकिरा हेडेको  ५. पोतो (लिप्ने कुरा)

फेसबुक बारे मेरो अनुरोध


आज भोली फेसबुक नचलाउने सायदै कमै होलान् । हरेक को कम्प्युटर, मोबाईलमा ईन्टरनेट को पहिलो रोजाई भनेको फेसबुक जान्छ । फेसबुकले धेरैलाई धेरै कुरामा सजिलो पनि बनाएको छ । अ‍ैले विश्वकै रेन्जमा हेर्नेहो भने फेसबुक टप वेवसाइट मा छ । धेरै पहिलेका साथिहरु लाई भेट्ने थलो फेसबुक बनेको छ । मोबाईल बाट फोन गर्न भन्दा अनलाईनमा बसेर कुरा गर्दा कस्ट पनि कम लाग्ने ..लामो समय सम्म च्याटिङ् गरेपनि हुने हँुदा फेसबुकले निकै लोक प्रिय कमाएको छ । अझ कुनै नयाँ पुरानो फोटो खिचियो भने सुरुमा त्यो फोटो फेसबुक मा पोष्ट भईसकेको हुन्छ ।
      तर किन कतिले यहि फेसबुक लाई दुरुपयोग गरिरहेका छन् ????? आखिर दुरुपयोग गरेर के फाईला लिइरहेका होलान् त ??? आज भोली कतिपय युवा युवतीहरुको फेसबुक बाटै लभ परेर बिहे पनि भएको छ । त कतिको लभ पर्ने अनि छुट्ने पनि हुन्छ । अनि त्यसकै बदलामा कतिपय केटाहरुले केटी साथिको नाम र वाल फोटो राखेर छुट्टै आई डि. बनाएर त्यो आई. डि. बाट नराम्रो म्यासेजहरु राखिदिने अर्थात त्यसको दुरुपयोग गरिरहेको पाईन्छ ।
  मेरो अनुरोध कृपया फेसबुक लाई सहि ठाउँमा सदुपयोग गर्नुहोस् । कसैलाई दुख नदिनुहोस् ।

                                                                                                                                          -Gopi krishna

Wednesday, June 12, 2013

slc मुक्तक



3rd division आको रहेछ बाईक पाईएन ।
जिन्स पाईन्ट त देथे बा ले तेस्तो चाहिएन ।।

ठूलो डर थियो फेल हुने धन्यवाद छ चिट...
पास भइयो धन्न Girl friend को सेन्डिल खाईएन ।।
1

Tuesday, June 11, 2013

s.l.c मुक्तक


Distinction आयो भने छोरोलाई बाईक आउने छ ।
1st division मात्र आयो भने छोरोले कोरियन पाईन्ट लाउने छ ।

बाईकको त छैन आसै, पाईन्ट जाबो लाउदिन,
fail division आयो भने छोरोले Girl friend को 
सेन्डिल पाउने छ ।

के आउला त ????????

Friday, June 7, 2013

गजल


पानिमा रुझी रुझी गाई चराको याद आयो ।
खोला तर्न नसकेर तिमी डराको याद आयो ।।


काक्रो तिम्ले लाने गर्थेउ नुनखुर्सानी मैले,
दुई भाग बराबर गराको याद आयो ।

साह्रै राम्री थियौ तिमी प्रकृतिनि दंग पथ्र्यो,
बगैचामा तिम्लाई ठुम्ने चराको याद आयो ।


गाई चराउने बाहानामा भेट्ने गर्थेउं हामि,
घन्टौं सम्म खेल्दा खेल्दै गाई हराको याद आयो ।

सधै गाई चराउने चउर थियो पल्लो गाँउमा,
लुकि लुकि चुम्बन गर्दा गाई कराको याद आयो ।।


गोपि कृण्ण चापागाई

गजल

आज फेरी पल्लो भट्टी , पस्न मन लाग्यो
टिल्ल हुँदै दिनभरि नै , बस्न मन लाग्यो

भट्टीवाल्नी ती नानीको,बारुली त्यो कम्मर
च्याप्प गरी अँगालोमा , कस्न मन लाग्यो

यौन रस ले भरिए का , गुलावी ति ओठ
सर्पले झैँ धित मरुन्जेल,डस्न मन लाग्यो


आज फेरी पल्लो भट्टी , पस्न मन लाग्यो
टिल्ल हुँदै दिनभरि नै , बस्न मन लाग्यो


by Rockes bhupendra 

Wednesday, June 5, 2013

अपांग आरक्षण ३ सिट , महिला सिट २ सिट


(हल्का व्यंग्य एवं चेतना)

बाटोमा हिड्दा हामि जुन सुकै गाडिमा पनि यस्ता कुराहरु लेखेको पाउँछौ तर लागु भएको छ छैन तपाईले पनि मज्जाले बिचार गर्नु भएको होला । यदि अपांग आरक्षण ३ सिट भनेको छ भने त्यहा हट्टा कट्टा मान्छ मज्जाले चुइकम चपाएर बसिरहेको हुन्छ । उसलाई मतलब छैन कि यो अपांग सिट हो पहिला अपांगलाई प्राथमिकता दिनु पर्छ भनेर  । आफु अपांग सिटमा बसेको छ र त्यसपछि एउटा अपांग मान्छे गाडिमा चड्यो भने आउनुस बस्नुस् भन्न सक्दैन त्यो मान्छे । आखिर यहाँ सबै आफ्नै स्वार्थमा भुलेको छन् । गािडका स्टाफ ले पनि भन्नु पर्ने हो तर उनीहरुलाई त्यसको के फुर्सद नि जति सक्दो धेरै प्यासेन्जर हाल्ने पाए १५ रुपैया भए पनि बढि त कमाइन्थ्याो भन्ने छ ।
२० जनाको सिट छ भने त्यो गाडिमा ५० जना भन्दा बढि मान्छे हालेको देख्न पाईन्छ । के यहि हो त निती ??????????
महिला सिटमा पुरुषहरु मज्जाले गफ लगाएर बसिरहेका हुन्छन् आखिर त्यो नियम पालना गराउने पनि त त्यही गाडिको मान्छले हो नि हैन र ????
सर्बप्रथम त हामि आफुबाट सुरुवात गर्नु पर्छ यि कुराहरु त्यसैले तपाई्ले यि कुरा पढि सकेपछि गाडिमा चड्ने बित्तिकै एक पटक सोच्नुहुने छ ।

सामाज बिकास हुनु भनेको तपाईको बिकाश हुनुहो त्यसैले आजैबाट यस्ता नियम लागु गर्नमा जोड दिनुहोस् ।



गोपि कृण्ण चापागाई ।

Tuesday, June 4, 2013

के तपाई नेपाली टाईप गर्न चाहानुहुन्छ ?


तपाईलाई अंगे्रजी टाईप आउछ तर नेपाली नआएर चिन्तित त हुनुहुन्न ?
अब ढुक्क हुनुहोस् तपाई नेपाली टाईप फरररर गर्न सक्नुहुनेछ ।
त्यसका लागि तपाईले तल दिइएका प्रिती फन्ट हरु लाई याद गर्नुपर्ने हुन्छ ।

तलको image लाई save  गरेर print निकालेर practice गर्न सक्नुहुनेछ ।



Monday, June 3, 2013

भावना




भावना
मेरो मुटु कलेजिमा थियौ र त रोये
एकै चोटि ठुलो चोट दियौ र त रोये

बाचेको छु आज सम्म तिम्रै कारण
मरे भने पनि मर्ने छु तिम्रै कारण

तिम्रो खुशीको लागि सधैं सधैं रुन पनि राजी छु म
मलाइ टाढा टाढा ठानछेउ भने माया झुटो मान्छौ भने

टाढा टाढा हुन पनि तयार छु म ।।।।।।।


by Mahendra Chapagain
Nawalparsi, kolhuwa

Now: South Africa

बाहिर भिडियो कोच भित्र सिरक कोच...

(हल्का ब्यङ्ग्य)

हामि कतै बाहिर लामो यात्रामा जानु परेमा सुबिधायुक्त यातायात रोज्छौं । अर्थात आरामदायि तरिकाका यातायात रोज्छौं । सिटमा आनन्दले बसेर भिडियो हेर्दै जान पाइएला भनेर बाहिर भिडियो कोच लेखेको लामो लामो बस मा जान्छौं तर बाहिर भिडियो कोच भनेर लेखिएको हुन्छ भित्र चाँहि छिरक कोचिरहेका हुन्छन् । यात्रु हाल्नका लागि कतिले चड्ने बेलामा यस्सो एकछिन भएपनि भिडियो चलाइदिएका हुन्छनु त कतिले सिरक कोचेको देख्न पाईन्छ ।





बरु यस्तो यातायात रोज्नुस सरररर हावा खादै जान पाईन्छ ।







 

Sunday, June 2, 2013

मुक्तकः


भ्याउछउ भने तिम्रो नामको अन्तिम सास हेर्न आउनु ।
तिम्लाई मन नपर्ने मान्छेको उठि बास हेर्न आउनु ।।

अर्कै सँग गयौ आज कस्तो माया लायौ म सँग ,
मनको सान्ति मिल्नेछ तिम्लाई चिताको लास हेर्न आउनु ।।


by Gopi krishna

नारायणी स्रोता क्लब ।

नारायणी स्रोता क्लब ।
         समाजका हरेक गतिबिधि समेट्ने, रेडियो सँगको सहकार्यमा अगाडि बढेको स्रोता क्लब
नारायणी स्रोता क्लब ।

गाउँ समाजमा भएका हरेक क्रियाकलाप हरुलाई सम्पुर्ण फेसबुक युजर सम्म पुर्याउने नारायणी स्रोताक्लब को योजना । नवलपरासी जिल्लालाई केन्द्रित गरेर स्थापना गरिएको स्रोता क्लब ,नारायणी स्रोता क्लब ।
यदि तपाई पनि सुचनाको हकदार बन्न चाहानुहुन्छ भने नारायणी स्रोता क्लबको आदीकारिक फेसबुक पेज लाईक गर्नसक्नुहुनेछ । जसका लागि तलको लिंक मा क्लिक गर्नुहोस् ।
www.facebook.com/hamrosrotaclub 






के तपाई नेपाली टाईप नआएर चिन्तित हुनुहुन्छ ?

के तपाई  नेपाली टाईप नआएर चिन्तित हुनुहुन्छ ?

त्यसोभए चिन्तित नहुनुहोस् अव रोमनमा लेखेको कुरा पनि तपाई नेपालीमा देख्न सक्नुहुनेछ ।
तपाई रोमन टाईप गर्नुहुन्छ तर नेपाली टाईप गर्न आउदैन भने हामि तपाईलाई एउटा वेबसाइट दिन्छौं तपाई त्यो वेवसाइट बाट मज्जाले रोमनमा लेखेर नेपाली मा पाउन सक्नुहुनेछ ।
जस्तै ः 'मेरो घर यहाँ हो' भन्नको लागि    ' mero ghar yaha ho' टाइप गर्नु पर्नेछ ।
जसका लागि तलको लिंक क्लिक गर्नुहोस् ।
www.easynepalityping.com