Friday, June 7, 2013

गजल


पानिमा रुझी रुझी गाई चराको याद आयो ।
खोला तर्न नसकेर तिमी डराको याद आयो ।।


काक्रो तिम्ले लाने गर्थेउ नुनखुर्सानी मैले,
दुई भाग बराबर गराको याद आयो ।

साह्रै राम्री थियौ तिमी प्रकृतिनि दंग पथ्र्यो,
बगैचामा तिम्लाई ठुम्ने चराको याद आयो ।


गाई चराउने बाहानामा भेट्ने गर्थेउं हामि,
घन्टौं सम्म खेल्दा खेल्दै गाई हराको याद आयो ।

सधै गाई चराउने चउर थियो पल्लो गाँउमा,
लुकि लुकि चुम्बन गर्दा गाई कराको याद आयो ।।


गोपि कृण्ण चापागाई

No comments:

Post a Comment