आज भोली फेसबुक नचलाउने सायदै कमै होलान् । हरेक को कम्प्युटर, मोबाईलमा ईन्टरनेट को पहिलो रोजाई भनेको फेसबुक जान्छ । फेसबुकले धेरैलाई धेरै कुरामा सजिलो पनि बनाएको छ । अैले विश्वकै रेन्जमा हेर्नेहो भने फेसबुक टप वेवसाइट मा छ । धेरै पहिलेका साथिहरु लाई भेट्ने थलो फेसबुक बनेको छ । मोबाईल बाट फोन गर्न भन्दा अनलाईनमा बसेर कुरा गर्दा कस्ट पनि कम लाग्ने ..लामो समय सम्म च्याटिङ् गरेपनि हुने हँुदा फेसबुकले निकै लोक प्रिय कमाएको छ । अझ कुनै नयाँ पुरानो फोटो खिचियो भने सुरुमा त्यो फोटो फेसबुक मा पोष्ट भईसकेको हुन्छ ।
तर किन कतिले यहि फेसबुक लाई दुरुपयोग गरिरहेका छन् ????? आखिर दुरुपयोग गरेर के फाईला लिइरहेका होलान् त ??? आज भोली कतिपय युवा युवतीहरुको फेसबुक बाटै लभ परेर बिहे पनि भएको छ । त कतिको लभ पर्ने अनि छुट्ने पनि हुन्छ । अनि त्यसकै बदलामा कतिपय केटाहरुले केटी साथिको नाम र वाल फोटो राखेर छुट्टै आई डि. बनाएर त्यो आई. डि. बाट नराम्रो म्यासेजहरु राखिदिने अर्थात त्यसको दुरुपयोग गरिरहेको पाईन्छ ।
मेरो अनुरोध कृपया फेसबुक लाई सहि ठाउँमा सदुपयोग गर्नुहोस् । कसैलाई दुख नदिनुहोस् ।
-Gopi krishna
No comments:
Post a Comment