(हल्का व्यंग्य एवं चेतना)
बाटोमा हिड्दा हामि जुन सुकै गाडिमा पनि यस्ता कुराहरु लेखेको पाउँछौ तर लागु भएको छ छैन तपाईले पनि मज्जाले बिचार गर्नु भएको होला । यदि अपांग आरक्षण ३ सिट भनेको छ भने त्यहा हट्टा कट्टा मान्छ मज्जाले चुइकम चपाएर बसिरहेको हुन्छ । उसलाई मतलब छैन कि यो अपांग सिट हो पहिला अपांगलाई प्राथमिकता दिनु पर्छ भनेर । आफु अपांग सिटमा बसेको छ र त्यसपछि एउटा अपांग मान्छे गाडिमा चड्यो भने आउनुस बस्नुस् भन्न सक्दैन त्यो मान्छे । आखिर यहाँ सबै आफ्नै स्वार्थमा भुलेको छन् । गािडका स्टाफ ले पनि भन्नु पर्ने हो तर उनीहरुलाई त्यसको के फुर्सद नि जति सक्दो धेरै प्यासेन्जर हाल्ने पाए १५ रुपैया भए पनि बढि त कमाइन्थ्याो भन्ने छ ।
२० जनाको सिट छ भने त्यो गाडिमा ५० जना भन्दा बढि मान्छे हालेको देख्न पाईन्छ । के यहि हो त निती ??????????
महिला सिटमा पुरुषहरु मज्जाले गफ लगाएर बसिरहेका हुन्छन् आखिर त्यो नियम पालना गराउने पनि त त्यही गाडिको मान्छले हो नि हैन र ????
सर्बप्रथम त हामि आफुबाट सुरुवात गर्नु पर्छ यि कुराहरु त्यसैले तपाई्ले यि कुरा पढि सकेपछि गाडिमा चड्ने बित्तिकै एक पटक सोच्नुहुने छ ।
सामाज बिकास हुनु भनेको तपाईको बिकाश हुनुहो त्यसैले आजैबाट यस्ता नियम लागु गर्नमा जोड दिनुहोस् ।
गोपि कृण्ण चापागाई ।
No comments:
Post a Comment