Monday, November 25, 2013

नवलपरासी जिल्लाका रेडियोहरुः


1. बिजय एफ.एम.       https://www.facebook.com/vijayafm
2. मध्यबिन्दु एफ.एम.  http://www.madhyabindufm.org.np/
3. सामथ्र्य एफ.एम.
4. दाउन्ने एफ.एम.      https://www.facebook.com/RadioDaunneFm1034Mhz
5. सुनवल एफ.एम.      https://www.facebook.com/radiosunwal1
6. परासी एफ.एम.       https://www.facebook.com/RadioParasi

Thursday, November 14, 2013

नवलपरासी जिल्ला बाट उठेका पार्टी र उम्मेदवारहरुको नामावली

जम्मा निर्वाचन क्षेत्र ः ६ वटा

क्षेत्र नं १
१ होमनाथ आचार्य, राष्ट्रिय जनमोर्चा
२ डा। शशांक कोइराला, नेपाली कांग्रेस
३ धनप्रसाद सापकोटा, एनेकपा माओवादी
४ दीपक अधिकारी, नेकपा एमाले
५ लक्ष्मण कार्की, अखण्ड नेपाल पार्टी
६ लक्ष्मण पंजियार, तराई मधेस लोकतान्त्रिक पार्टी
७ रेखा महतो, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
८ टेक हरि पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
९ विनोद शर्मा, सदभावना पार्टी
१० विक्रम पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी
११ धन बहादुर गुरुङ्ग, संघीय समाजवादी पार्टी
२०६४ सालको चुनाबमा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले १७४३० मत ल्याएर बिजयी भएका थिए ।

क्षेत्र नं २
१ भगिरथ भट्टराई, राष्ट्रिय जनमोर्चा
२ महेन्द्रध्वज जीसी, नेपाली कांग्रेस
३ मोतीप्रसाद रिजाल, एनेकपा माओवादी
४ जीवन श्रेष्ठ, नेकपा एमाले
५ भेष बहादुर अधिकारी, क्षेत्री अखण्ड नेपाल पार्टी
६ विना कुमारी थनैत, तराई मधेस लोकतान्त्रिक पार्टी
७ हिरा लाल गुरौ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
८ सिता बस्याल पोख्रेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
९ अम्मर बहादुर धामी, सदभावना पार्टी
१० नुन बहादुर आले मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी
११ अमर बहादुर थापा, संघीय समाजवादी
२०६४ सालको चुनाबमा नेपाली कांग्रेसका नेता महेन्द्रध्वज जिसी ले १२१६६ मत ल्याएर बिजयी भएका थिए ।


क्षेत्र नं ३
१ विकाराम चौधरी, राष्ट्रिय जनमोर्चा
२ कृष्णचन्द्र नेपाली, नेपाली कांग्रेस
३ सीता बौडेल, एनेकपा माओवादी
४ मान बहादुर थापा (बर्मा), अखण्ड नेपाल पार्टी
५ धन कुमारी महतो, तराई मधेस लोकतान्त्रिक पार्टी
६ मुन्ना लाल गुप्ता तेली, मधेसी जनअधिकार फोरम नेपाल
७ राज कुमार महतो (थारु), मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
८ दिवाकर न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
९ कला कुमारी ढकाल, सदभावना पार्टी
१० बिष्णु प्रसाद शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी
११ कृष्ण प्रसाद पौडेल, नेकपा एमाले
१२ फुल कुमारी पुर्जा, संघीय समाजवादी पार्टी
२०६४ सालको चुनाबमा न नेकपा माओवादी नेता सीता देवी वौडेल ले १३५३५ मत ल्याएर बिजयी हुनु भएको थियो ।

क्षेत्र नं ४
१ उत्तमराज खरेल, राष्ट्रिय जनमोर्चा
२ देवेन्द्रराज कंडेल, नेपाली कांग्रेस
३ चिनक कुर्मी, एनेकपा माओवादी
४ वैजनाथ चौधरी, नेकपा एमाले
५ राधिका खराल, अखण्ड नेपाल पार्टी
६ पुरन प्रसाद चौधरी, तराई मधेस लोकतान्त्रिक पार्टी
७ अमरजित गुप्ता (तेली), मधेसी जनअधिकार फोरम नेपाल
८ शुवाष चन्द्र गिरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
९ छोटेलाल यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१० सत्राजीत यादव, सदभावना पार्टी
११ ध्रुव बहादुर प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी
१२ टिचन गुरुङ्ग, संघीय समाजवादी पार्टी
२०६४ सालको चुनाबमा न नेकपा माओवादी नेता चिनक कुर्मी ले १०५९२ मत ल्याएर बिजयी हुनु भएको थियो ।


क्षेत्र नं ५
१ विक्रम खनाल, नेपाली कांग्रेस
२ राजु हरिजन, एनेकपा माओवादी
३ दीपेन्द्र अधिकारी, नेकपा एमाले
४ कृष्ण बहादुर क्षेत्री, अखण्ड नेपाल पार्टी
५ हैदर अली मोमिन, तराई मधेस लोकतान्त्रिक पार्टी
६ धरेन्द्र यादव, मधेसी जनअधिकार फोरम नेपाल
७ रामवचन यादव अहिर, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
८ ओम बहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
९ ध्रुव बहादुर प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी
१० कैलाश महतो, सदभावना पार्टी
११ नेत्र बहादुर थापा, संघीय समाजवादी
२०६४ सालको चुनाबमा मधेशी जनअधिकार फोरम नेता राम बच्चन अहिर यादवले १३६४१ मत ल्याएर बिजयी हुनु भएको थियो ।


क्षेत्र नं ६
१ देवकरण प्रसाद, कलवार नेपाली कांग्रेस
२ रामधनी केवट, एनेकपा माओवादी
३ भोलानाथ पाण्डेय, अखण्ड नेपाल पार्टी
४ हृदयेस त्रिपाठी, तराई मधेस लोकतान्त्रिक पार्टी
५ नरेन्द्र गोसाई, मधेसी जनअधिकार फोरम नेपाल
६ अशोक जङ्ग राणा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
७ गौरीशंकर कोइरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८ शालिग्राम उपाध्याय, राष्ट्रिय प्रजातन्त्र पार्टी
९ कल्पु प्रसाद चमार (हरिजन), सदभावना पार्टी
१० यमलाल चौधरी, नेपाल मजदुर किसान पार्टी
११ गंगाराम चौधरी, संघीय समाजवादी पार्टी
२०६४ सालको चुनाबमा तराइ मधेश लोकतान्त्रिक पार्टी नेता हृदयेश त्रिपाठी ले १००२९ मत ल्याएर बिजयी हुनु भएको थियो ।

source: www.sajhasabal.com/nawalparasi
Gopi krishna Chapagain

Monday, November 11, 2013

तपाईले थाहा पाउनु भयो ?????


सत्यतथ्य ताजा समाचार पढ्नका लागि लगइन गर्नुहोस् ।
नेपालमै पहिलो पटक पृथक शैलीबाट अगाडि बढेको अनलाईन साइट

                                                               www.sajhasabal.com



एक चोटि लगइन गरेर हेनुहोस् सधै गर्न मन लाग्ने छ ।

Friday, November 1, 2013

यसपालीको चुनाव कसले जित्ला त ?

जे होस् तपाईले स्वच्छ मनले भोट हाल्नु होला । कसैको करकाप, लोभलालचमा नपर्नु होला ।


Saturday, October 26, 2013

भावना


कति जोडि देखें मैले कति जोडि भेटें पनि,
कोहि बन्दैन आफ्नो जोडि  घाँटि रेटे रेटे पनि

कोहिको पाएँ  Friend request  अनलाईनमा भेटें कोहि लाई,
च्याट गरेर मनको इच्छा मेट्नु सम्म मेटे पनि

कोहि बन्दैन आफ्नो जोडि जति घाँटि रेटे पनि



नुवाकोट

Friday, September 20, 2013

जात एक रुप अनेक


मानिसको जीवन पनि अनेक अनेक हुन्छन् । यहि मानिस कोहि महलमा छ यहि मानिस कोहि रोडमा छ । यहि मानिस ५ रुपैयाका लागि हारगुहार गरेको छ । यहि मानिस ५ लाख को पनि कुनै महत्व छैन । धनि मानिस कसैलाई घुस खुवाएर काम गराउन तत्पर हुन्छ । उस्ले जती भन्यो त्यही नै घुस दिन तयार हुन्छ तर बाटोमा सुतेर १ रुपैया भागिरहेको छ भने यि माग्ने ने कती हुन्छन भनेर मुन्टो बटारेर हिड्छ ।

Gopi krishna

Wednesday, September 11, 2013

मुक्तक



निर्दोश व्यक्ति मारिन्छ भने देख्छ साराले,
त्यहि समाचार बन्छ अनि लेख्छ साराले,

दुनिया सच्चा छैन छि छि छ सबै तिर,
सहि पनि झुटो ठहरिन्छ यहाँ छेक्छ साराले ।


Gopi Krishna

Saturday, August 31, 2013

तिज बिशेष २०७० (हाँस्य ब्यंग्य)


“घरको दालभात हैन, पिजा बर्गर खान्छु भन्छे बुढि ।
यसपालि त चाँडै माइत जान्छु भन्छे बुढि ।

दुई,तिन तोला गहना चाहियो, घुर्कि लाउछे सधै,
भनेजस्तो नपुर्याइदिए पोइला जान्छु भन्छे बुढि ।”

पहिला पहिला बिहानै उठेर, घरदैलो गरेर, बुढाको बिस्तारामै चिया पुग्थ्यो तर आजभोलीका नारीहरुले ठ्याक्कै उल्टो गरेका छन् । बुढाले सबैकाम भ्याएर “डारलिं कफि तयार भयो अब उठ्ने कि”
यति नगरे फेरि पोइला जालान् भन्ने डर छ र पो त ।

आजभोली पुरुषहरु धेरै हेपिएका छन् । घरमा श्रीमतीले नै हेप्नी, ससुराली गयो छोरीको हालखबर सोध्छन् ज्वाइँ लाई एउटा खाटमा बस्न भन्छन् । अझ कलेज मै हेर्नृस् केटीहरुले स्कट लाउन पाउने रे हामिले भने त्यो स्कट भन्दा ठुलो हाफ कट्टु पनि लाउन नपाउने?????

पहिला पहिला आफ्नो श्रिमान्लाइै बोलाउन पनि सक्दैनथे बोलाउनु पर्यो भने ए हजुर.... ए रामेको बा..... ए श्यामेको बा......। तर आज भोली हेर्नुस् त बुढालाई ड्याडी रे ......
अरे यार आफ्नो बुढोलाई ड्याडी भनेर घरको बा लाई चाँहि के भन्ने अंकल ????????

यति मात्र हैन, पुरुषले बिवाह गरेर लगेको महिलाको थर पनि त पुरुषकै हुनुपर्ने होनि आफ्नै माइत को थर राख्छन् ।
बरिष्ठ नेता डा. बाबुराम भट्टराई पनि पिडित हुनुहुन्छ । डा. बाबुराम भट्टराईको श्रिमतीको नाम हिसिला यामी रे ...अरे यार बिवाह भईसकेको हो भने त हिसिला भट्टराई हुनुपर्यो नि । खै पुरुष अधिकार ।।। ।।।

जता गए पनि पुरुषहरुनै हेपिएका छन् आजभोली । बाहिर निस्किनुस गाडिमा चड्यो भने पनि अपांग २ सिट महिला ३ सिट रे खै पुरुषको लागि सिट ????? अरे यार के हामि पुरुष चाँहि छत मा गएर बस्नु त????????

नारिहरुले भन्दै छन् रे अब हामि नारीहरु पुरुष बन्नु पर्छ, पुरुषहरुलाई नारी बनाउनु पर्छ ।
त्यसोभए,,,,,,,,,,,,,

अब प्रत्यक बर्ष तिज गित गाउँन तयार छौं ।
तिमीहरु ढाका टोपि लाउछौ भने हामि सारि लाउन तयार छौं ।।

कतियुग हो साथि जसलाई जे बनाउन नि मिल्छ यहाँ,
तिमीहरुको दाह्री जुंगा आउछ भने हामिहरु पनि बच्चा पाउन तयार छौं ।।

आज तिज बिशेष कार्यक्रम हो , यहाँ धेरै पुरुषहरुको बारेमा पनि बोल्दिन,,,,,

आज भोलिका तिज गितको कुरा गर्न चाहान्छु ।
पहिला पहिलाका गित कस्ता हुन्थे............

“पैसा दिनुस है हजुर चाजो मिलाउछु,
यसपालिको तिजमा नयाँ चोलो सिलाउँछु ।।”

ल हेर्नुस् श्रिमान् लाई पनि हजुर भन्ने शब्द बाट कपडामा पनि चोलो सिलाउने कुरा हुन्थे तर आज भोलीका गित यस्ता हुन्छन् ,,,,,,,,,,,

“ एउटा दुइटा कपडा त भने जस्तो पाइयो,
स्कुटरमा चड्दा लाउने सानो कट्टु चाहियो ।।”

“त्यस्ता लुगा कसले लाउछ हजुरमा ले लाउने,
अ‍ैले आको फेसन देखाउ घुँडा माथि आउने ।”

HAPPY TEEJ FOR ALL....
गोपि कृण्ण चापागाई

Friday, August 16, 2013

तस्बिर आफै बोल्छ

धुम्रपान स्वास्थ्यको लागि फाइदाजनक छ भन्दा पत्याउनुहुन्छ?

तस्बिर आफै बोल्छ ।



हाँस्य मुक्तक


प्रिय तिमीलाई कसैसँग देखँेभने रुन मन लाग्छ ।
नजिक नजिक हुँदै छुन मन लाग्छ ।।

यसरी सधैँ ट्युसन क्लास मा भेट हन्छ र त,
बर्षै पिच्छे फेल हुन मन लाग्छ । 


Gopi Krishna

Wednesday, July 31, 2013

Monday, July 1, 2013

ल भन्नुस त तपाई कुन काम गर्दै हुनुहुन्छ ?????



ल भन्नुस त तपाई कुन काम गर्दै हुनुहुन्छ ?????
अथवा कुन राज्नुहुन्छ ????


Tuesday, June 25, 2013

मुक्तक


न रङग छ न ढंग छ मैहुं भन्नेको,
माया प्रेम  बेची बेची पैसा गन्नेको

आफ्नै जीवन नी बेच्छन् यहाँ पैसा पाएपछि,
रात रातै दुईतिन रुप बन्नेको

www.facebook.com/gggggp

Tuesday, June 18, 2013

के तपाई सित्तैमा देश बिदेश म्यासेज गर्न चाहानु हुन्छ??????


                                                   यदि चाहानु हन्छ भने ........

 तपाई आफ्नो मोबाईलमा ईन्टरनेट चलाउदा पनि मोबाईलकै ब्यालेन्स बाट नै म्यासेज पठाउनु हुन्छ भने तपाईले इन्टरनेट को भरपुर उपयोग गर्नुभएको छैन

चिन्ता नलिनुहोस् हामि सिकाउने छौ तपाईलाई ।।।

तपाइै आफ्नो मोबाईलको इन्टरनेट ब्राउजर(operamini or any browser) मा गएर www.binu.com  open  गरेर त्यस लाई download गर्नुहोस् । download भईसके पछि त्यसलाई open गर्नुहोस् र  त्यहा तपाई messenger  देख्नुहुनेछ र sign in  पनि देख्नुहुनेछ । तपाईले सुरुमा तपाईको मोबाईल नम्बर बाट एउटा आ.ई. डि. गराउनु पर्दछ त्यसैले create id  मा क्लिक गर्नुहोस् ।
  र मोवाईल नम्बर मागेको ठाउँमा तपाईको नम्बर राख्नुहोस् अनि नाम पनि राख्नुहोस् र तपाईको मोबाईमा एउटा पिन कोड आउनेछ त्यसलाई त्यहि बिनु मा पिन मागेको हुन्छ त्यसमा राख्नुहोस् जुन तपाईको मोबाईलमा कोड आएको छ ।
अब तपाईको ID बन्ने छ र पछि पनि तपाई ले साईन इन गर्दा तपाईको मोबाईल नम्बर र पिनकोड हान्नु पर्नेछ ।
साईन ईन मा मोबाईल नम्बर मा तपाईको मोबाईल नम्बर र पिन मा पिनकोड राख्नुहोस् ।
र एस.एम.एस (sms) मा क्लिक गर्नुहोस् ।
अनि तपाईले कुन देश मा म्यासेज गर्ने हो सोहि देशको कोड नं( country code number)  सहित मोबाईल नम्बर राखेर म्यासेज लेखेर सेन्ड गर्न सक्नुहुनेछ ।  


in your mobile


  

www.nepaligopikrishna.blogspot.com 

Monday, June 17, 2013

Our think

कष्टकर जीवन बाच्नुपरेको छ यहाँ ।
कालकै निम्ति भएपनि साँच्नुपरेको छ यहाँ ।।

पेट भर्न हार गुहार चलिरहेको छ ,,
पाँच रुपैयाको निम्ति शिर भाँच्नुपरेको छ यहाँ ।।


       
touch heart 

Sunday, June 16, 2013

केहि गाउ खाने कथा

१. पाच भाई को एउटै गुफा, गुफा भित्र एउटै कोठा के होला ?
२. के होला यस्तो आमा माथि छोरी नाच्ने ?
३. मलाइ काटे दुख्छ, तलाइ काटे दुख्दैन के हो ?
४. जती हिड्छ उति धोती सुकाउछ के हो ?
५. झुत्री बुढी चुला चुला नाच्छ के होला यसको उत्तर ?

उत्तरहरु:१. जुत्ता २. लोहोरो सिलौटो ३. औला र नंङ् ४. चिप्लेकिरा हेडेको  ५. पोतो (लिप्ने कुरा)

फेसबुक बारे मेरो अनुरोध


आज भोली फेसबुक नचलाउने सायदै कमै होलान् । हरेक को कम्प्युटर, मोबाईलमा ईन्टरनेट को पहिलो रोजाई भनेको फेसबुक जान्छ । फेसबुकले धेरैलाई धेरै कुरामा सजिलो पनि बनाएको छ । अ‍ैले विश्वकै रेन्जमा हेर्नेहो भने फेसबुक टप वेवसाइट मा छ । धेरै पहिलेका साथिहरु लाई भेट्ने थलो फेसबुक बनेको छ । मोबाईल बाट फोन गर्न भन्दा अनलाईनमा बसेर कुरा गर्दा कस्ट पनि कम लाग्ने ..लामो समय सम्म च्याटिङ् गरेपनि हुने हँुदा फेसबुकले निकै लोक प्रिय कमाएको छ । अझ कुनै नयाँ पुरानो फोटो खिचियो भने सुरुमा त्यो फोटो फेसबुक मा पोष्ट भईसकेको हुन्छ ।
      तर किन कतिले यहि फेसबुक लाई दुरुपयोग गरिरहेका छन् ????? आखिर दुरुपयोग गरेर के फाईला लिइरहेका होलान् त ??? आज भोली कतिपय युवा युवतीहरुको फेसबुक बाटै लभ परेर बिहे पनि भएको छ । त कतिको लभ पर्ने अनि छुट्ने पनि हुन्छ । अनि त्यसकै बदलामा कतिपय केटाहरुले केटी साथिको नाम र वाल फोटो राखेर छुट्टै आई डि. बनाएर त्यो आई. डि. बाट नराम्रो म्यासेजहरु राखिदिने अर्थात त्यसको दुरुपयोग गरिरहेको पाईन्छ ।
  मेरो अनुरोध कृपया फेसबुक लाई सहि ठाउँमा सदुपयोग गर्नुहोस् । कसैलाई दुख नदिनुहोस् ।

                                                                                                                                          -Gopi krishna

Wednesday, June 12, 2013

slc मुक्तक



3rd division आको रहेछ बाईक पाईएन ।
जिन्स पाईन्ट त देथे बा ले तेस्तो चाहिएन ।।

ठूलो डर थियो फेल हुने धन्यवाद छ चिट...
पास भइयो धन्न Girl friend को सेन्डिल खाईएन ।।
1

Tuesday, June 11, 2013

s.l.c मुक्तक


Distinction आयो भने छोरोलाई बाईक आउने छ ।
1st division मात्र आयो भने छोरोले कोरियन पाईन्ट लाउने छ ।

बाईकको त छैन आसै, पाईन्ट जाबो लाउदिन,
fail division आयो भने छोरोले Girl friend को 
सेन्डिल पाउने छ ।

के आउला त ????????

Friday, June 7, 2013

गजल


पानिमा रुझी रुझी गाई चराको याद आयो ।
खोला तर्न नसकेर तिमी डराको याद आयो ।।


काक्रो तिम्ले लाने गर्थेउ नुनखुर्सानी मैले,
दुई भाग बराबर गराको याद आयो ।

साह्रै राम्री थियौ तिमी प्रकृतिनि दंग पथ्र्यो,
बगैचामा तिम्लाई ठुम्ने चराको याद आयो ।


गाई चराउने बाहानामा भेट्ने गर्थेउं हामि,
घन्टौं सम्म खेल्दा खेल्दै गाई हराको याद आयो ।

सधै गाई चराउने चउर थियो पल्लो गाँउमा,
लुकि लुकि चुम्बन गर्दा गाई कराको याद आयो ।।


गोपि कृण्ण चापागाई

गजल

आज फेरी पल्लो भट्टी , पस्न मन लाग्यो
टिल्ल हुँदै दिनभरि नै , बस्न मन लाग्यो

भट्टीवाल्नी ती नानीको,बारुली त्यो कम्मर
च्याप्प गरी अँगालोमा , कस्न मन लाग्यो

यौन रस ले भरिए का , गुलावी ति ओठ
सर्पले झैँ धित मरुन्जेल,डस्न मन लाग्यो


आज फेरी पल्लो भट्टी , पस्न मन लाग्यो
टिल्ल हुँदै दिनभरि नै , बस्न मन लाग्यो


by Rockes bhupendra 

Wednesday, June 5, 2013

अपांग आरक्षण ३ सिट , महिला सिट २ सिट


(हल्का व्यंग्य एवं चेतना)

बाटोमा हिड्दा हामि जुन सुकै गाडिमा पनि यस्ता कुराहरु लेखेको पाउँछौ तर लागु भएको छ छैन तपाईले पनि मज्जाले बिचार गर्नु भएको होला । यदि अपांग आरक्षण ३ सिट भनेको छ भने त्यहा हट्टा कट्टा मान्छ मज्जाले चुइकम चपाएर बसिरहेको हुन्छ । उसलाई मतलब छैन कि यो अपांग सिट हो पहिला अपांगलाई प्राथमिकता दिनु पर्छ भनेर  । आफु अपांग सिटमा बसेको छ र त्यसपछि एउटा अपांग मान्छे गाडिमा चड्यो भने आउनुस बस्नुस् भन्न सक्दैन त्यो मान्छे । आखिर यहाँ सबै आफ्नै स्वार्थमा भुलेको छन् । गािडका स्टाफ ले पनि भन्नु पर्ने हो तर उनीहरुलाई त्यसको के फुर्सद नि जति सक्दो धेरै प्यासेन्जर हाल्ने पाए १५ रुपैया भए पनि बढि त कमाइन्थ्याो भन्ने छ ।
२० जनाको सिट छ भने त्यो गाडिमा ५० जना भन्दा बढि मान्छे हालेको देख्न पाईन्छ । के यहि हो त निती ??????????
महिला सिटमा पुरुषहरु मज्जाले गफ लगाएर बसिरहेका हुन्छन् आखिर त्यो नियम पालना गराउने पनि त त्यही गाडिको मान्छले हो नि हैन र ????
सर्बप्रथम त हामि आफुबाट सुरुवात गर्नु पर्छ यि कुराहरु त्यसैले तपाई्ले यि कुरा पढि सकेपछि गाडिमा चड्ने बित्तिकै एक पटक सोच्नुहुने छ ।

सामाज बिकास हुनु भनेको तपाईको बिकाश हुनुहो त्यसैले आजैबाट यस्ता नियम लागु गर्नमा जोड दिनुहोस् ।



गोपि कृण्ण चापागाई ।

Tuesday, June 4, 2013

के तपाई नेपाली टाईप गर्न चाहानुहुन्छ ?


तपाईलाई अंगे्रजी टाईप आउछ तर नेपाली नआएर चिन्तित त हुनुहुन्न ?
अब ढुक्क हुनुहोस् तपाई नेपाली टाईप फरररर गर्न सक्नुहुनेछ ।
त्यसका लागि तपाईले तल दिइएका प्रिती फन्ट हरु लाई याद गर्नुपर्ने हुन्छ ।

तलको image लाई save  गरेर print निकालेर practice गर्न सक्नुहुनेछ ।



Monday, June 3, 2013

भावना




भावना
मेरो मुटु कलेजिमा थियौ र त रोये
एकै चोटि ठुलो चोट दियौ र त रोये

बाचेको छु आज सम्म तिम्रै कारण
मरे भने पनि मर्ने छु तिम्रै कारण

तिम्रो खुशीको लागि सधैं सधैं रुन पनि राजी छु म
मलाइ टाढा टाढा ठानछेउ भने माया झुटो मान्छौ भने

टाढा टाढा हुन पनि तयार छु म ।।।।।।।


by Mahendra Chapagain
Nawalparsi, kolhuwa

Now: South Africa

बाहिर भिडियो कोच भित्र सिरक कोच...

(हल्का ब्यङ्ग्य)

हामि कतै बाहिर लामो यात्रामा जानु परेमा सुबिधायुक्त यातायात रोज्छौं । अर्थात आरामदायि तरिकाका यातायात रोज्छौं । सिटमा आनन्दले बसेर भिडियो हेर्दै जान पाइएला भनेर बाहिर भिडियो कोच लेखेको लामो लामो बस मा जान्छौं तर बाहिर भिडियो कोच भनेर लेखिएको हुन्छ भित्र चाँहि छिरक कोचिरहेका हुन्छन् । यात्रु हाल्नका लागि कतिले चड्ने बेलामा यस्सो एकछिन भएपनि भिडियो चलाइदिएका हुन्छनु त कतिले सिरक कोचेको देख्न पाईन्छ ।





बरु यस्तो यातायात रोज्नुस सरररर हावा खादै जान पाईन्छ ।







 

Sunday, June 2, 2013

मुक्तकः


भ्याउछउ भने तिम्रो नामको अन्तिम सास हेर्न आउनु ।
तिम्लाई मन नपर्ने मान्छेको उठि बास हेर्न आउनु ।।

अर्कै सँग गयौ आज कस्तो माया लायौ म सँग ,
मनको सान्ति मिल्नेछ तिम्लाई चिताको लास हेर्न आउनु ।।


by Gopi krishna

नारायणी स्रोता क्लब ।

नारायणी स्रोता क्लब ।
         समाजका हरेक गतिबिधि समेट्ने, रेडियो सँगको सहकार्यमा अगाडि बढेको स्रोता क्लब
नारायणी स्रोता क्लब ।

गाउँ समाजमा भएका हरेक क्रियाकलाप हरुलाई सम्पुर्ण फेसबुक युजर सम्म पुर्याउने नारायणी स्रोताक्लब को योजना । नवलपरासी जिल्लालाई केन्द्रित गरेर स्थापना गरिएको स्रोता क्लब ,नारायणी स्रोता क्लब ।
यदि तपाई पनि सुचनाको हकदार बन्न चाहानुहुन्छ भने नारायणी स्रोता क्लबको आदीकारिक फेसबुक पेज लाईक गर्नसक्नुहुनेछ । जसका लागि तलको लिंक मा क्लिक गर्नुहोस् ।
www.facebook.com/hamrosrotaclub 






के तपाई नेपाली टाईप नआएर चिन्तित हुनुहुन्छ ?

के तपाई  नेपाली टाईप नआएर चिन्तित हुनुहुन्छ ?

त्यसोभए चिन्तित नहुनुहोस् अव रोमनमा लेखेको कुरा पनि तपाई नेपालीमा देख्न सक्नुहुनेछ ।
तपाई रोमन टाईप गर्नुहुन्छ तर नेपाली टाईप गर्न आउदैन भने हामि तपाईलाई एउटा वेबसाइट दिन्छौं तपाई त्यो वेवसाइट बाट मज्जाले रोमनमा लेखेर नेपाली मा पाउन सक्नुहुनेछ ।
जस्तै ः 'मेरो घर यहाँ हो' भन्नको लागि    ' mero ghar yaha ho' टाइप गर्नु पर्नेछ ।
जसका लागि तलको लिंक क्लिक गर्नुहोस् ।
www.easynepalityping.com 




Tuesday, May 28, 2013

अब पढ्नको लागि किताब हैन फेसबुक खोले पुग्छ ।

अब पढ्नको लागि किताब हैन फेसबुक खोले पुग्छ ।

बिद्यार्थिहरुको फेसबुक प्रतिको रुचिलाई ध्यानमा राख्दै हामि BBS 2nd year का बिभिन्न Theory subject हरुको आधिकारिक फेसबुक पेज खोलेका छौ । BBS 2nd year  मा अध्ययनतर सम्पुर्ण बिद्यार्थीहरुले आफुले चाहेको बिषयको फेसबुक लिंक खोलेर लाईक गर्नसक्नुहुनेछ । लाईक गर्नसाथ तपाईको फेसबुक पेजमा उ्रक्त बिषयका महत्वपूर्ण questins anwers आउनेछन् ।







फेसबुक मनोरञ्जनका लािग मात्र होइन शिक्षाका लागि पनि प्रयोग गर्नुहोस् ।

( गा्रमिण आर्दश बहुमुखि क्याम्पस

Gopi krishna Chapagain
krishna.gopi1992@hotmail.com

Monday, May 27, 2013

प्रेम पत्र

प्रेम



दुई आँखाले होइन हिर्दय ले प्रेम गरिन्छ यसैले प्रेम लाई अन्धो भनिन्छ
आजकल हरदम हरक्षण, तिम्रै तस्बिर हेरिरहेछु तिमी बिनाका यी पलहरु
फिका खल्लो भोगिरहेछू जोडि उडेका ढुकुर पनि बिजोडि झै देखिरहेछु
आँशुलाई लुकाएर हासोमा विलीन तिम्रा नयनहरु, पातहरुमा शीत टल्पलाए झैँ
टलपल टलपल आँशुहरु प्रष्ट देखि रहेछु तिम्रा आखाहरुमा मलाई थाहा ,
गजबको यो खुबी, मात्र तिम्रो हुन सक्छ, आँशु लुकाएर मुस्कुराउने, ोएर
पनी हसाउने, मेरा मनले भनि रहेछ कति महान छौ तिमी, 
आजकल
तिमी भित्र, नारी हुनुको अर्थबोध गर्दैछु भन्छन नारी पृथ्वी हो, प्रमाण
तिमीमा भेटि रहेछु, लाग्छ तिमि समुद्र हौ प्रेमिल प्यास मेटाइ रहेछु
तिम्रो मन जस्तै तनको पन, एक एक गरि तारिफ गर्छु हो प्रिय
तिम्रो सौन्दर्यमा सालिनता, स्वरहरुमा कामुकताको मीठास
अनि तपस्वीको ध्यान भङ्ग गर्ने, उत्कृष्ट मादक स्पर्स कामिनी झैँ लाग्ने
तिम्रा नयनहरुले हर कोहि भित्र पनि दृष्टि दोष जगाइ दिन्छ, रमणीय
समुद्री छालहरुमा तिमीलाई देख्नेहरु, अन्तर मन
कल्पनाका लुकामरि खेलमा छालले जस्तै अङ्कमाल गर्दा हुन,
तिम्रो फक्रदो जवानी हेर्दा आधुनिक किन्नारिहरु समेत फिक्का पर्दाहुन
अनि अनि ......यसरी नै आजकल तिमी बिनाका क्षणहरुमा,
तिम्रा तस्बिर नियालिरहेछु, झुटो आश्वासन दिदै आफुलाइ
तिम्रो समीपमा रत्याइ रहेछू फक्रेको फूल झैँ ढकमक्क
तिम्रो जवानी फेरी एकपटक फर्केको अनुभुत गर्दै सात समुद्रा पारि बसेर
तिम्रो तस्बिर नियालिरहेछु हर दिन हरपल

Love letter by Anuska Sharma