प्रेम कथा
भनिन्छ, प्राप्ति मात्र पे्रम होइन त्याग झन ठूलो प्रेम हो ।
....... दिनहरु क्रमश बितिरहेका थिए, ति युगल जोडि जो एक अर्काबाट छुट्टिएर एकपल पनि बस्न सक्दैनथे, उनिहरु एक अर्कामा असाध्यै प्रेम गर्थे । एकदिन कतै घुम्न जाने निर्णय गरेछन् , जहाँ प्रेमी प्रेमीकाहरुले कसैको अवरोध बिना माया साटासाट गर्न पाउन् । प्रेमीले मोटरसाइकलमा प्रेमीकालाई पछाडि राखेर हिंडे । वातावरण निकै रमणीय थियो, आकाशमा उडिरहेका चरीहरुले ति जोडीलाई जिस्काइरहेका थिए ।
प्रेमीले मोटरसाइकल निकै रफ्तारमा दौडाइरहेका थिए । प्रेमीकालाई भने डरको महसुस भएछ अनि भनिन् , अति बिस्तारै न, मलाई कस्तो डर लागिरहेको छ के । अनि प्रमीले प्रिय किन डराउछेउ तिम्रो साथमा म छु नि त । अनि फेरि प्रमीका त्यसो हैन के मलाई असाध्यै डरलाग्यो के प्लिज के । प्रेमी ओके त्यसो भए मलाई I LOVE YOU भन अनि मात्र । त्यसो भनि सके पछि प्रेमीकाले हतपत I LOVE YOU भन्छिन् । अनि फेरी पनि प्रेमीले प्रस्ताव राख्छन् , अब कम्मर मा मलाई बेसरी समात अनि मात्र । फेरी पनि प्रेमीकाले त्यसै गर्छिन् । त्यसपछि फेरी पनि प्रेमीले अब मेरो टाउकाको हेल्मेट तिमीले लगाउ अनि मात्र भनेछन् । फेरी पनि प्रेमीकाले हतपत प्रेमीको टाउकोमा भएको हेल्मेट आफुले लगाउछिन्............... ।
अर्को दिन बिहानै सबै पत्रपत्रिकाहरुमा एउटा यस्तो हेडलाइन आएछ, मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु पछाडि सवार बाच्न सफल । अनि त्यो सामाचार तिनै प्रेमीकाले पढिछन् र पढ्दै जादा मोटरसाइकल दुर्घटना ब्रेकफेलको कारणले भएको कुरा थाहा पाइन् ।
गोपिकृष्ण चापागाई
बालाजु, नेपालटार काठमाण्डौ
ग्रामिण आर्दश बहुमुखि क्याम्पस नेपालटार

No comments:
Post a Comment