Sunday, May 12, 2013

गजल


किन यो संसारलाई बिर्सेर मर्छन् पैसामा,
मानव जीवनको इज्जत छर्छन् पैसामा ।

सायद दुनियामा पैसा हुदैनथ्यो त दुनियानै हुदैनथ्यो ,
आफ्नै साथिभाई पनि तँतँ र मँमँ गर्छन् पैसामा ।

जब हातमा हुन्छ पैसा, घरपरिवार बिर्सन्छन्,
उज्यालोलाई छाडि अन्धो बनि पर्छन् पैसामा ।

पैसाको नसामा परेपछि आफन्त पनि चाहिदैन,
दुख लाग्छ पशुसरि चर्छद् पैसामा ।


किन यो संसारलाई बिर्सेर मर्छन् पैसामा,
मानव जीवनको इज्जत छर्छन् पैसामा ।

                                                              - गोपि कृण्ण 


No comments:

Post a Comment