Thursday, May 16, 2013

चोखो प्रेम - प्रेम कथा


एकजोडि प्रेमी प्रेमीका एक अर्कामा अति नै माया गर्दारहेछन् र उनिहरु प्रत्येक दिन एउटा पार्कमा भेट्दा रहेछन् र सधै प्रेमीका प्रेमीभन्दा अगाडि नै गएर प्रेमीलाई कुरेर बस्दिरहिछिन् यस्तै क्रममा एकदिन प्रेमीका भन्दा प्रेमी अगाडि पुगेछन् र प्रेमीले प्रेमीकालाई कुर्न थालेछन् एक घण्टा, दुई घण्टा, तिन घण्टा, चार घण्टा बितिसक्यो तर प्रेमीका आइनन् । प्रेमी त्यसपछि प्रेमीकाको घरमै पुगेछन् र प्रेमीले आफ्नि प्रेमीकालाई ब्लड क्यान्सर भएको थाहा पाएछन् र आफ्नि प्रेमिका अव २,३ दिन पनि नबाँच्ने कुरा थाहा पाएछन् र प्रेमीले आत्महत्या गरेछन् र आत्महत्या गर्नुभन्दा अगाडि उनले एउटा पत्र लेखेर छोडेका रहेछन् । उक्त पत्रमा प्रेमीकाको लागि केहि कुरा लेखिएको रहेछ । तिमी मलाई भेट्न आंउदा सधै अगाडि आएर कुरेर बस्ने गर्थेउ तर आज म तिमीलाई भेट्न माथि नै गएर अगाडि कुरेर बस्ने छु ।


No comments:

Post a Comment