Sunday, May 12, 2013

गजल


असारे महिना सिमसिमे पानिमा रुझ्दै छु यहाँ ,
ठुलो शहरको मानिसको बिचार बुझ्दैछु यहाँ ।

सानो सडक धेरै गाडि भिडैभिडको शहरमा,
सिमसिमे पानिले रुझेको निधार पुच्छैछु यहाँ ।

सुनेको थिए शहरका मानिस धेरै शिक्षित हुन्छन् भनेर,
ठूलो शहरको फोहोर देखि थुक्दैछु यहाँ ।

आफ्नो भविष्य आफै कोर्छु भनि हिड्दा हिड्दा थाकेँ,
जागिरका लागि ठुला ठुला मानिस सँग झुक्दैछु यहाँ ।


असारे महिना सिमसिमे पानिमा रुझ्दै छु यहाँ ,
ठुलो शहरको मानिसको बिचार बुझ्दैछु यहाँ ।
         
                       -Gopi krishna


No comments:

Post a Comment